मुसाको मुर्ती


एउटा नेपाली बिदेशमा घुम्न गएछ , अनि त्यहाँ एउटा मुसाको मुर्ति देखेछ। उसलाई त्यो मुर्ति सारै मनपरेछ अनि पसलेलाई त्यो मुर्तिको भाउ सोधेछ.

पसले: मुर्तिको $ ५० अनि कथा सहित $ १००

नेपाली: मलाई कथा सुन्नु छैन मुर्ति मात्रै दिनुहोस !

त्यसपछी मुर्ति मात्रै किनेर हिडेछ, हिड्दै जादा उसको पछाडी अरु जिउदै मुसाहरुले पिछा गरेछन ,
उसलाई अच्चम्म लागेछ अनि फटाफट भागेछ, उ जति धेरै हिडेउ पछाडी फर्केर हेर्दा उतिनै धेरै मुसाहरुले पछि गरेछन अनि उ खोलाको छेउमा पुगेर त्यो मुर्तिलाई खोलामा फालेछ । अरु सबै मुसाहरु पनि त्यो मुर्ति संगै खोलामा हाम्फालेछन । त्यसपछी उ फर्केर पसलेकोमा गएछ ।

पसले: तपाई कथा सुन्न आउनु भएको हो अब कथाको $५० दिनुहोस अनि मात्रै कथा भन्छु |

नेपाली: म कथा सुन्न आको होइन, बरु तपाईसंग नेपालको कुनै नेताको मुर्ति छ कि भनेर सोध्न आको, छ भने मलाई दिनुस त !