जनावरको फुटबल म्याच


एकचोटी किराहरु र जनावरहरुको फुटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन, तर किराहरुले भने गोलै गर्न सकेनन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठ्ठे (millipede) ल्याएछ। अरिमुठ्ठेले दनादन १२ गोल ठोकेछ, केराहरुले १२ - ६ मा खेल जितेछन्। 

खेल सकिएपछी पत्रकारहरुले किराको प्रशिक्षक (coach) लाई सोधे: "यस्तो राम्रो खेल्ने अरिमुठ्ठेलाई पहिलइबाट किन नखेलाउनुभएको ?"

प्रशिक्षक: "खेलाउन मन त मलाइ पनी थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"