श्रीमतीको हतार हतारमा चिठी र पुर्णबिराम


श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउँ ठाउँमा पूर्णबिराम दिन भुलिछिन... जब याद आयो, हतार हतारमै पूर्णबिराम लगाइछिन् र चिठी यस्तो हुन गयोः

तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई । जागिर बाट निकालिदियो हाम्रो गाइले । बाछा पायो अंकलले । चुरोट पिउन छोडे मैले । धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटी एञ्जिला । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरी । आज भोलि अन्डा दिनै छाडेकी छे हजुरकी आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ।