Facebook ra KT


उ आउछे फेशबुकको भित्तामा र ख्वाक्क् खोक्छे। उसले खोक्दा नखोक्दै भित्तोभरी 'like' छरपट्ट हुन्छ। comment को ओईरो लाग्छ मनौ like र comment गर्न कन्या राषीधारी स्त्रीलम्पट पुरुषहरु खुट्टो उचालेर बसेका छन्। उ अत्मगौरबले बसीभुत हुन्छे। आफ्नो 'पपुलारिटी' देखेर दङ्ग हुन्छे। भोका कुकुरहरुको झुन्डमा हड्डी फ्याँके झै उ एउटा 'thanks all' भनेर कमेन्ट फ्याँक्छे। त्यो 'thanks all' पनि आठा दशेक like बाट घेरीन्छ।

म जान्दीन फेसबुकमा यस्ता रमिता कहिले सम्म चलिरहन्छ। तर जान्दछु, उसको छाती र दुई खुट्टाको लोभ पाल्नेहरु बिबाहित भएर पनि कुमार केटा हुँ भनीरहेका छन्। आफीसको हाकीमको कुर्चीमा लुकीचोरी बसेर फोटा खिच्छन् र facebook मा upload' गरिरहेका छन्।

अजबको फेसबुक र गजबको मान्छेहरु।