गुडिरहेको रेलका यात्रु मध्ये एक जनाले जाडो भयो भनि झ्याल बन्द गरेछ । सँगैको अर्को यात्रुले गर्मि भयो भनि झ्याल खोलेछ । जाडो भयो भन्दै झ्याल बन्द गर्ने र गर्मि भयो भन्दै झ्याल खोल्ने बीच झगडा पर्न थालेछ । यो देखेर सँगै बस्ने अर्को यात्रुले भनेछ : तपाँई हरू किन झगडा गर्नुहुन्छ ? त्यो झ्यालमा त शिशा नै छैन ।