जागिरको अन्तरवार्ता


एउटा मान्छे जागिरको लागि अन्तरवार्ता दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै अन्तरवार्ता दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ

उसले भनेछ

१)नेपालको प्र म को हुन?
उत्तर: झलनाथ खनाल

२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी

३)मंगल ग्रहमा मान्छे छन् ?
उत्तर: बैग्यानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसनधान भै रहेको छ !

त्यो मान्छे प्रश्नलाइ ध्यान नदिइ उत्तर कण्ठ पार्न थालेछ। जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ:

१)तपाइको नाम?
झलनाथ खनाल

२)हो र कहिले जन्मनु भो?
पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी

३)तपाइ पागल होकि के हो?
बैग्यानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसनधान भै रहेको छ !

funny nepali jokes